नियम २१
मनसायपत्र वा प्रस्ताव खोल्दा मुचुल्का गराउनु पर्ने
(१) मन्त्रालयले निर्धारित मिति,
समय र स्थानमा उपस्थित भएसम्मका मनसायपत्र वा प्रस्ताव पेश गर्न व्यक्ति वा निजका
आधिकारिक प्रतिनिधिको रोहबरमा मनसायपत्र वा प्रस्ताव खोली मुचुल्का गरी निजहरुको
समेत सहीछाप गराउनु पर्नेछ । त्यसरी मनसायपत्र वा प्रस्ताव खोल्दा कुनै कैफियत
देखिएमा सो व्यहोरा समेत मुचुल्कामा लेख्नु पर्नेछ ।
(२) यस नियमावली बमोजिम रीत नपु¥याई पेश भएको मनसायपत्र वा प्रस्ताव उपर
कुनै कारबाही गरिने छैन ।